नेपालगञ्ज : ब्राउन सुगरसहित बाँकेमा एकजना पक्राउ परेका छन् । अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सुर्खेत गुर्भाकोट १२ बस्ने २५ वर्षीय सन्तोष सुनार नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट पक्राउ परेका हुन् ।
करिब ३ सय ३० मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धित औषधि ट्रामाडोल ९ ट्याब्लेटसहित सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले भारतको रूपइडिहा बजारबाट नेपालगञ्जतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
2024-09-08
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार