नेपालगञ्ज : गत कात्तिक २३ गतेदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको साइकल यात्रा बाँके पुगेको छ ।
झापा भद्रपुर ७ का जीवनकुमार श्रेष्ठ, देवीबहादुर श्रेष्ठ, ५ का मनोज सिंह, ४ का समीर पोखरेल र हल्दिबारी २ का विश्वचन्द्र महतो झापाबाट साइकलयात्रा सुरु गरेको आठौं दिनमा बाँके प्रवेश गरेका हुन् । भद्रपुर साइकल समाजको नाममा यात्रा सुरु गरिएको हो ।
साइकल यात्रामा सहभागी भएका जीवनकुमार श्रेष्ठ भद्रपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख र भद्रपुर साइकल सोसाइटीका अध्यक्षसमेत हुन् ।
झापाका साइकलयात्रीलाई बाँकेका साइकल अभियन्ता सतीश निरौला र रमेशकुमार मल्लले ढकेरीमा स्वागत गर्दै पश्चिमतर्फको यात्राका लागि सफलताको शुभकामना व्यक्त गरे । पछिल्लो समय पर्या पर्यटन लगायतको सन्देश दिन साइकल यात्रामा निस्कनेहरुको सङ्ख्या बढ्दो क्रममा छ ।
2025-11-17
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार