बर्दिया : बर्दियाको मधुवन नगरपालिका– ३ भगरैयाकी ४५ वर्षीया कमला नेपाली बेपत्ता भएकी छन् । गाई बाख्राका लागि घाँस काट्न सोमबार दिउँसो भगरैया सामुदायिक वनमा गएकी नेपाली साँझसम्म घर नफर्केपछि खोजी सुरु भएको छ ।
नेपाली घाँस लिएर घर नफर्केपछि सोमबार साँझदेखि खोजी सुरु भएको मधुवन नगरपालिका– ३ का वडाध्यक्ष नारायण मल्लले बताए । उनका अनुसार प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीलगायतको टोलीले खोजी गरिरहेको छ ।
सो क्षेत्रमा पाटेबाघको गतिविधि देखिएको स्थानीयले बताएका छन् । बेपत्ता नेपालीलाई बाघले आक्रमण गरेको हुन सक्ने स्थानीयवासीले आशङ्का गरेका छन् ।
2025-10-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार