Listen LIVE

कोहलपुरका उत्कृष्ट ४ विद्यालय सम्मानित

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालित उत्कृष्ट विद्यालयलाई सम्मान गरेको छ । शनिबार ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको २०औं वार्षिक साधारण सभा एवं १७औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा कोहलपुरमा सञ्चालित ३ संस्थागत र १ सामुदायिक गरी ४ वटा उत्कृष्ट विद्यालयलाई सम्मान गरेको हो ।

ज्ञानोदय पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको पुस्तकालयले जनाएको छ 

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै कोहलपुरका ४ विद्यालयलाई सम्मान गरिएको हो ।

सम्मान हुनेमा संस्थागत तर्फ पञ्चमुखी ईमि स्कुल, जनज्योति पब्लिक स्कुल र जिवनज्योति स्कुल रहेका छन् भने सामुदायिक तर्फ त्रिभुवन माध्यमिक विद्यालय रहेको छ । कार्यक्रम ज्ञानोदय पुस्तकालयका सचिव एकराज शर्माले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया