Listen LIVE

बेलुन पड्केर घाइते भएका उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाण्डौ लगियो

पोखरा : पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

पौडेललाई पौने ३ बजेतिर सिम्रिक एअरको हेलिकोप्टरबाट राजधानी लगिएको हो । दुवै जनालाई कीर्तिपुरको बर्न हस्पिटलमा उपचारका लागि पठाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । 

पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा शनिबार दिउँसो सवा १ बजेतिर बेलुन पड्किँदा नगर प्रमुख आचार्यको गाला र टाउकोको केही भाग जलेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र अनुहारका विभिन्न ठाउँमा आगोका झिल्काले जलेको छ । 

घटनापछि तत्कालै उपचारका लागि आचार्यलाई फिस्टेल अस्पताल र उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेजमा लगिएको थियो । पोखरामा सामान्य उपचारपछि जलनको उपचारका लागि उनीहरूलाई राजधानी लगिएको हो ।

प्रतिक्रिया