नेपालगञ्ज : बाँकेको गनापुरमा भएको बस दुर्घटनामा गम्भिर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार दाङ, घोराहीका ३० वर्षिय बिमल राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका राईको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको डाँगीले बताए । यसअघि दुर्घटनामा गम्भिर घाइते भएका दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषालको भेरी अस्पतालमा मृत्यु भएको थियो । दाङको तुलसीपुरदेखि नेपालगञ्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेका घाइते २६ जनाले नेपालगञ्ज र कोहलपुरमा उपचार गराइरहेका छन् । प्रवक्ता डाँगीका अनुसार भेरी अस्पतालमा २१ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकी ४ जनाको उपचार भइरहेको छ । घाइते एक जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भएकोमा डिस्चार्ज भईसकेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार