Listen LIVE

फुटपाथमा राखिएका सामग्री हटाउन सुरु

दाङ : तुलसीपुर उपमहानगरपालिकाले फुटपाथमा भएका सामग्री हटाउन सुरु गरेको छ । नगरप्रमुख टीकाराम खड्काको नेतृत्वमा उपप्रमुख स्यानी चौधरीसहित टोलीले फुटपाथ क्षेत्रमा राखिएका सामान हटाउन सुरु गरेको हो ।

नगर प्रमुख टीकाराम खड्काले बजार क्षेत्रको सुन्दरता कायम गर्न र बजारमा हिँडडुल गर्नका लागि सामान हटाउन थालिएको बताए । उनले अटेर गरि सामान राखे पालिकाले जफथ गर्ने बताए ।

फुटपाथ क्षेत्रमा फलफूल, तरकारी, निर्माणका सामग्रीलगायत किरानाका सामग्री राखेकाले बजार क्षेत्र कुरुप देखिएको बजार उपभोक्ताहित संरक्षण शाखाका प्रमुख रेखा शर्माले बताइन् । उनले अनधिकृतरुपमा राखेका विज्ञापनका सामग्रीले दृश्य प्रदूषण गरेकाले हटाइने बताइन् ।

तुलसीपुर उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय तुलसीपुर, सशस्त्र  प्रहरी, पत्रकारसहितको टोलीले फुटपाथ हटाएको हो । नगर प्रमुखकै नेतृत्वमा फुटपाथमा राखिएका सामग्री हटाइएको हो ।

प्रतिक्रिया