नेपालगञ्ज : बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेमा एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनीमा ८ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले गुड्डु हल्वाईलाई पक्राउ गरेका हो ।
सोमबार दिउँसो पीडित पक्षले दिएको सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनी बस्ने ५५ वर्षीय गुड्डु हल्वाईलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बाँके प्रहरीले जनाएको छ ।
हल्वाईले ती बालिकालाई जबरजस्ती करणी गरेको सुचना पाउना साथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाईएको छ ।
2025-07-22
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार