नेपालगञ्ज : नेपालगञ्जमा प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहामा भारतबाट अबैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी २५ हजार ६०० रुपैयाँ बराबरको ४० वटा ब्रोइलर कुखुरा बरामद गरेको गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नेपालगञ्ज–१५ जमुनाहा गाँउ बस्ने गणेश कवडियाले साइकलमा ल्याएको ब्रोइलर कुखुरा बरामद भएको हो ।
कुखुरा, साइकलसहित कवडियालाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
2025-09-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार