नेपालगञ्ज : भारतीय ग्यांगस्टरको नामबाट फिरौती माग्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल व्हाट्सएप प्रयोग गरी धम्की दिएर फिरौती माग्ने सुर्खेतको भेरी गंगा नगरपालिका वडा नम्बर ७ काठेघरी निवासी ४१ वर्षीय रामबहादुर बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । उनी बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ मा कोठा भाडा लिई बस्दै आएका थिए । राम बहादुरले विभिन्न विदेशी नम्बरको व्हाट्स्एप खोली आफू लोरेन्स बिस्नोइ र अनमोल बिस्नोइ हो भनि विभिन्न व्यक्तिबाट फिरौती माग्दै आएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ५ करोड भारू रकम माग गरेको र उक्त रकम नदिए जे पनि हुन सक्ने भनि धम्की दिने गरेको आधारमा उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरि भट्टले जानकारी दिए ।
साथै प्रराम्भिक अनुसन्धानका क्रममा उनले प्रयोग गर्ने मोबाइल समेत बरामद गरी हेर्दा विदेशी नम्बरको वट्स्यप खोलेको र म्यासेज गरेको देखिएको र अन्य थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टले बताए ।
को हून लोरेन्स बिस्नोइ र अनमोल बिस्नोइ ?
लोरेन्स बिस्नोइ एक भारतिय ग्याङ्गस्टर हुन उनी फिरौटी माग्ने तथा हत्या अरोपमा सन २०१४ देखि भारतिय कारागारमा कारागार जिबन बिताइ रहेका छन जसमा उनलाई २९ मे २०२२ को पंजाबि संगर सिद्दु मुसेवालाको हत्या, भारतिय नायक सलमान खानलाइ ज्यान मार्ने उद्योग गरेको, बाबा सिद्धीकिको हत्या जस्तो आरोप छन् ।
अनमोल बिस्नोइ लोरेन्स बिस्नोइको भाई रहेको र उनले लोरेन्स बिस्नोइ कारागार जिबन बिताएको समयम विभिन्न व्यापारी तथा उद्योगीहरुसंग फिरौटी माग्ने धम्की दिने गरेको अरोप छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार