Listen LIVE

मोटरसाईकल दुर्घटनामा बाँकेमा एक जनाको मृत्यु

नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोछ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१० आदर्शनगरस्थित मानव सेवा आश्रम नजिक सुर्खेतरोडमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो । 

भारतीय सीमावर्ती सहर रुपईडिहादेखि नेपालगञ्जतर्फ आउँदै गरेको युपी ४३ एजेड ६४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक नेपालगन्ज उपमहानगरपालिका–२ बागेश्वरी टोल नजिक ग्यारेन्टी गहनाको पसल सञ्चालन गरिरहेका ब्यवसायी ३८ वर्षीय मनिषकुमार श्रीवास्तवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका श्रीवास्तवको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया