प्युठान : प्युठानको बाग्दुलामा बसले किचेर एक जना बालिकाको मृत्यु भएको छ ।
बाग्दुलाबाट फोप्ली तर्फ जाँदै गरेको ना. ४ ख. १३०९ नम्बरको बसले किचेर नौबहिनी गाउँपालिका ७ फोप्लीकी डेढ वर्षीय बालिका तिर्सना पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता, प्रहरी निरीक्षक केशव केसीले बताए ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
2025-02-20
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार