बर्दिया : बर्दियाबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बढैयाताल गाउँपालिका–२ फुटाहा ४ नम्बर चोकबाट ९८० मिलिग्राम ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय मैनापोखरले बाँसगढी नगरपालिका–५ बस्ने २६ वर्षीय राम चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
त्यसैगरि बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट ८ सय मिलिग्राम ब्राउन सुगरसहित बाँसगढी नगरपालिका –५ का २९ वर्षीय सुबास वलीलाई पक्राउ गरिएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।
चौधरी र वलीलाई इलाका प्रहरी कार्यालय मैनापोखरको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
2025-09-01
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार