नेपालगञ्ज : भारतबाट आएका एक व्यक्तिमा कोरोना देखिएको छ । भारतको देहरादुनबाट आएका बर्दियाका २६ वर्षीय महेशकुमार थारूमा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले भारतबाट आएका थारुलाई आरडीटी जाँच गर्दा कोरोना देखिएको बताए ।
कोरोना देखिएपनि थारुमा कुनै लक्षण नदेखिएको श्रेष्ठले बताए । लक्षण देखिएमा भेरी अस्पतालमा लगेर पीसीआर गर्ने गरिन्छ । थारूलाई मास्क दिएर घर पठाइएको छ ।
भारतमा कोरोना देखिएपछि नेपालगञ्ज नाकामा भारतबाट आएका शंकास्पद व्यक्तिलाई कोरोना जाँच्ने गरिन्छ ।
2025-06-16
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार