अछाम : अछाममा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पन्चदेवल बिनायक नगरपालिका–९ ओखरगैराका ६८ वर्षीय नन्दराम साउँद र ६७ वर्षीय चिन कार्की भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार साउँदको साथबाट घरनजिक बारीमा लुकाइछिपाइ राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान, सिसाको गोली १३ वटा र बारुद बरामद भएको छ ।
उक्त सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको अछाम प्रहरीले जनाएको छ ।
2024-09-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार