बर्दिया : बर्दियाबाट प्रहरीले भन्सार छली गरेर ल्याइएका विभिन्न अवैध सामाग्री, लत्ताकपडा लगायत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार प्रहरी चौकी महम्मदपुरको टोलीले गुलरिया नगरपालिका–११ बाट भन्सार छली गरेर ल्याएका तयारी कुर्ता सुरुवाल र प्लास्टिकको डोरी बरामद गरेको हो ।
बरामद गरिएको अवैध सामाग्रीको मूल्य ४२ हजार ७१० रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । त्यसैगरी बर्दियाको प्रहरी चौकी चेपाङले बासगढी नगरपालिका–१ चेपाङबाट भन्सार छली गरेर ल्याइएको ४९ हजार ३ सय रुपैयाँ बराबरको रेडिमेट कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले बर्दियाले जानकारी दिएको छ ।
यस्तै प्रहरी चौकी सुरजपुरबाट खटिएको टोलीले डीएपी र यूरीया मल बरामद गरेको छ। भारतबाट बिक्रीवितरण गर्ने उदेश्यले नेपाल भित्र्याइएको २७ हजार ३ सय रुपैयाँको डीएपी र यूरीया मल सुरजपुर प्रहरीले गुलरिया नगरपालिका–८ पर्सिया हुलाकी सडकबाट बरामद गरेको हो । बरामद गरेको उक्त मललाई बर्दिया भन्सार कार्यालय बुझाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार