दार्चुला : दार्चुलामा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार शैल्यशिखर–५ लेकगाउँका ३० वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ का ४५ वर्षीय दिलीप बिष्ट, ४५ वर्षीया मिना लेखकको दुर्घटनामा परी मृत्यु भएको छ ।
त्यस्तै, बैतडीको डिलासैनी गाउँपालिका–५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको डीएसपी दाहालले बताए ।
दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट रहेका छन् ।
यस्तै बैतडीको डिलासैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार