Listen LIVE

हुम्लामा एसइईमा करिब १३ सय विद्यार्थी सहभागी हुँदै

हुम्ला : यसवर्षको माध्यमिक शिक्षा परीक्षा -एसइई) मा हुम्लाका करिब एक हजार तीन सय विद्यार्थी सहभागी हुने भएका छन्। यसमा नियमित, पूरक र ग्रेडवृद्धि परीक्षार्थीहरू समावेश छन्।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सविता उपाध्यायका अनुसार, नियमिततर्फ ५१८ छात्र र ४७९ छात्रा गरी ९९७ विद्यार्थी सहभागी हुने छन्। पूरक र ग्रेडवृद्धि परीक्षामा १२४ छात्र र १७९ छात्रा गरी ३०३ विद्यार्थी सहभागी हुने उनले बताइन् । यी विद्यार्थी साधारण र प्राविधिक धारामा परीक्षा दिने छन्।

यही चैत १९ गतेबाट सुरु हुने परीक्षाका लागि सात वटा परीक्षा केन्द्र तोकिएका छन्। प्रत्येक परीक्षा केन्द्रमा सोही विद्यालयको प्रधानाध्यापक केन्द्राध्यक्षको जिम्मेवारी लिने नियम अनुसार केन्द्राध्यक्ष तोकिने छ।

मानसरोवर नमूना मावि सिमकोट, हिमज्योति मावि सर्केगार्ड, सूर्योदय मावि श्रीनगर, अदानचुली मदानदेव मावि, ताँजाकोट सीता मावि, खार्पुनाथ र  महाबौद्ध मावि नाम्खालाई परीक्षा केन्द्र तोकिएको छ ।

प्रतिक्रिया