Listen LIVE

हत्या आरोपित २१ वर्षपछि पक्राउ

नेपालगञ्ज : बाँकेको नौबस्तामा कर्तव्य ज्यानको घटनामा अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय तोकिएका एक फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०६१ साल असार ३ गते राती १० बजे बाँकेको साबिक नौबस्ता गाविस वडा नम्बर ४ बस्ने गणेश वादीको हत्या गरेर फरार रहेको सोही ठाउँ वडा नम्बर ६ बस्ने आशाराम थारुलाई प्रहरीले २१ वर्षपछि आइतवार पक्राउ गरेर जिल्ला अदालत बाँकेमा बुझाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक पातलीले वादीको हत्यामा संलग्न रहेका थारुलाई जिल्ला अदालत बाँकेले २०६८ साल बैशाख २१ गते हत्यामा दोषी रहेको ठहर गर्दै सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको बताए । 

उनले सर्वस्वसहित जन्म कैदको सजाय सुनाईएका थारु फरार रहेकोले आइतवार उनलाई घट्नाको २१ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको जनाउँदै आइतवारनै अदालतमा बुझाईएको बताए ।  

गत केही वर्षयता आएर जिल्ला प्रहरी कार्यालय बाँकेले फरार अपराधी पक्राउ गर्ने कुरामा ठुलो सफलता हात पार्दै आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०८१–०८२ को एक वर्षमा मात्र प्रहरीले ६३९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेर अदालतमा बुझाएको छ । 

विभिन्न अपराध गरेर फरार रहेका प्रतिवादीहरुलाई अदालतले सजाय तोकेपनि उनिहरु फरारनै रहेकोले प्रहरीले उनिहरुलाई खोजेर अदालतमा बुझाउँदै आएको छ ।

प्रतिक्रिया