Listen LIVE

जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता

जाजरकोट : जाजरकोटमा गएराति पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका गम्भीर घाइते भएका छन् । बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको छ ।  

जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दल बहादुर सिंहका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा  मान बहादुर चलाउने  र उनकी श्रीमती वडा नं ६ की  महिला वडा सदस्य समेत रहेकी  मायादेवी  चलाउने  पुरिएको जानकारी दिए । 

घटनास्थल वाट चलाउनेकी  छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको  तर २ जनाको शव निकाल्न नसकिएको जानकारी गाउँले मार्फत आएको उपप्रमुख सिंहले बताए । जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेका घटनास्थलमा प्रहरी टोली जाँदै गरेको तर सञ्चार सम्पर्क हुन नसक्दा यथार्थ विवरण प्राप्त गर्न नसकिएको जानकारी दिए ।

प्रतिक्रिया