Listen LIVE

बर्दियाका युवाहरु सहभागि भेला सम्पन्न

नेपालगञ्ज : ‘युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता : सबैको मानव अधिकारको सुनिश्चितता’ भन्ने मुल नाराका साथ बर्दिया जिल्लामा युवा भेला सम्पन्न भएको छ । 

बाँके युनेस्को क्लबद्वारा प्लान ईन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्र्तगत आयोजित सो भेलामा युवाहरुको स्थानीय तहमा बस्तीस्तरबाट योजना छनौट प्रकृया, योजनातर्जुमा प्रकृयाको सातवटा चरणहरुमा सहभागिता, भुमिका, युवा लक्षित कार्यक्रमको प्राथमिकता, स्थानयि तहमा युवाको अर्थपुर्ण सहभागिताका लागि वकालत तथा पैरवी गर्नेबारे बृहत्त छलफल भएको थियो । 

सोही प्रकारले सो भेलामा युवा क्लव र किशोरी क्लवहरुको सामुदायिक जवाफदेहिता र सामुदायिक सहभागिता, स्थानीय सरकारलाई युवामैत्री सेवा, वातावरण र कार्यढाँचा र उत्तरदायित्व र नीतिगत व्यवस्था प्रभावकारी कार्यान्वयनकालागि क्षमताअभिबृद्धि समेत गरिएको बाँके युनेस्को क्लवका उप निर्देशक गोबिन्द प्रसाद लामिछानेले बताए । 

भेलामा सहभागि भएका युवाहरुले युवा भेलाबाट लोकतान्त्रीक मान्यतामा आधारित संघीय संविधानले प्रत्याभुत गरेको सबैको अधिकारको संरक्षण र सम्वद्र्धन एवम् सशक्तिकरण गर्ने उद्देश्यलाई केन्द्र विन्दुमा राखेर युवाको हक, अधिकारको सुनिश्चितता गर्ने प्रतिवद्धता जाहेर गरेको उनले बताए । 

बर्दिया जिल्लाका गुलरिया मधुवन, बाँसगढी नगरपालिका र बढैयाताल गांउपालिकाका ४० जना युवा तथा किशोर किशोरीहरुको सो भेलामा सहभागिता रहेको थियो । 

बर्दियाका चार पालिकाका युवाहरु, स्थानीय सरकार, नागरिक समाज र सरोकारवालाको वृहत परामर्शपछि नेपालको संविधान तथा राष्ट्रिय युवा नीति २०७२ अनुरुपका प्रतिवद्धता कार्यान्वयन गर्न मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट, गुलरिया नगरपालिकाका उपप्रमुख साबित्रा गौतम, मधुवन नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मेक बहादुर गुरगं, गुलरिया नगरपालिका योजना विकास अधिकृत मुकुन्द अर्याल र संचारकर्मीहरुले जोड दिए । 

उनीहरुले युवाको क्षेत्रमा विगतमा गरिएको कार्य, कार्यक्रमहरु, बजेट विनियोजन, वस्तीस्तरमा योजना छनौट प्रकृयमा युवाको सहभागिता, युवाहरुको मागकाृे सम्बोधन गर्ने प्रतिवद्धता जनाए । 

सो भेलाको सहजीकरण बाँके युनेस्को क्लवका उप निर्देशक गोबिन्द प्रसाद लामिछाने र बिष्या बिज्ञ प्रकाश उपाध्यायले गरेका थिए । 

उक्त युवा भेलामा सहभागि स्वस्तिका खड्का, राजसिंह थारु, मनिषा थारु, पुजा थारुले युवालक्षित गरी विनीयोजित बजेट बाटो र सडक निर्माणमा खर्च नगरी युवाको शिक्षा विकास, क्षमता विकास, उद्यमशिलता विकास, प्राविधिक शिक्षा, आयआर्जनकालागि सिप तालिममा खर्च गरि अगाढी बढन स्थानीय सरकार प्रमुखहरुको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया