Listen LIVE

ब्राउनसुगरसहित बाँकेमा दुईजना पक्राउ

नेपालगञ्ज : लागुऔषधसहित बाँकेमा दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज २० राँझाका लालचन्द्र कामी र भारत रुपईडिहा बस्ने राहुल शुक्ला ब्राउन सुगरसहित पक्राउ परेका हुन् । 

लागुऔषध नियन्त्रण व्यूरो महेन्द्रनगर कञ्चनपुर, लागुऔषध नियन्त्रण व्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले ९९ ग्राम लागूऔषध ब्राउनसुगरसहित दुबै जनालाई पक्राउ गरेको हो ।

लागुऔषध व्राउन सुगर तौल गर्न प्रयोग गरिने डिजिटल तराजु थान–१ समेत प्रहरीले बरामद गरेको छ ।

दुवैजनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कानूनी प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया