बझाङ : बझाङमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जिप भोपूरमा दुर्घटना भएको हो । सात जना यात्रु चढेको उक्त जिप तीव्र गतीका कारण सडकमै पल्टिएको हो । दुर्घटनामा घाइते हुनेहरुमा जिपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय वीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
2024-10-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार