Listen LIVE

दिदी–भिनाजुको झगडा छुट्याउन गएका सालाको हत्या

नेपालगञ्ज : बाँकेमा दिदी–भिनाजुको झगडा छुट्याउन गएका सालाको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ६, गिजरामा दिदी र भिनाजुको झगडा छुट्याउन गएका २२ वर्षीय अर्जुन रानामगरको मृत्यु भएको हो ।

लोग्ने–स्वास्नीका बीचमा भइरहँदा छुट्याउन पुगेका अर्जुनलाई भिनाजु दिपेश रामजालीले बियरको बोत्तलले हान्दा मृत्यु भएको बाँके प्रहरी बताएको छ ।

भिनाजुले बियरको बोत्तलले हान्दा गम्भीर घाइते भएको साला अर्जुनको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले घरायसी झगडा अपराधमा परिणत भएको बताए । घटना आइतबार रातिको थियो भने अर्जुनको हिजो मृत्यु भएको हो ।

प्रतिक्रिया