नेपालगञ्ज : बाँके प्रहरीले ठूलो मात्रामा ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
भारतबाट पैदल नै नेपालगञ्ज आइरहेका जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ५ का २२ वर्षीय प्रवेश सुनारलाई प्रहरीले ३३ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
सुनारले आफूले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा ब्राउनसुगर राखेका थिए । शंका लागेर जाँच गर्दा सुनारको साथबाट ब्राउनसुगर फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए ।
यतिधेरै ब्राउनसुगर उनले बिक्री गर्न ल्याइरहेको बुझिएको छ । सीमावर्ती भारतीय शहरबाट बाँकेलगायत छिमेकी जिल्लाका युवाले लागु औषध बोकेर आउने गरेको पाइन्छ ।
भारतबाट ल्याइने लागु औषध नेपालगञ्ज हुँदै देशका विभिन्न शहरमा पुग्ने गर्दछ ।
2025-04-19
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार