नेपालगञ्ज : नेपालगञ्जमा जेनजीले मंगलबार विहानैदेखि प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले एमाले बाँकेको पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् । त्यस्तै पुष्पलाल चोकको प्रहरी बिटमा आगजनी गरेका छन् ।
अहिले सुर्खेतरोडमा प्रदर्शन गरिरहेका जेनजीले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारी जेनजीले नेपालगञ्ज बजार बन्द गराएका छन् ।
हिजो काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ निवासी दुई जना विद्यार्थीको ज्यान गएको थियो ।
प्रदर्शनको रिपोटिङ्गका क्रममा पत्रकार गिरीस गुप्ता धम्बोझी चोकमा घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको हो ।
2025-09-09
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार