Listen LIVE

प्लान नेपाल र बाँके युनेस्कोद्धारा मानव बेचविखनबिरुद्ध सचेतना अभियान

नेपालगञ्ज : बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकामा विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ लाई भव्यरुपमा मनाईएको छ ।

सो अवसरमा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहकार्यमा सुरक्षा परियोजना अन्तर्गत मानव बेचविखनबिरुद्ध जनचेतनामुलक र्याली तथा सामुदायिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । 

सचेतनामुलक कार्यक्रमले समुदायमा मानव बेचबिखनको समस्यालाई उजागर गर्दै सचेतना अभिवृद्धि गर्ने कार्य गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताए । 

कार्यक्रममा स्थानीय प्रहरी, समुदायका सदस्यहरू र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उनीहरूले मानव बेचबिखन र शोषणविरुद्ध सशक्त नाराहरू लगाउँदै प्लेकार्डहरू बोकेर र्याली निकालेका थिए, जसले जनचेतना अभिवृद्धिमा विशेष प्रभाव पारेको स्थानीयको भनाई छ । 

कार्यक्रमको समापन गर्दै मधुवन नगरपालिकाकी उप–प्रमुख अनिता चौधरीले मानव बेचबिखनका मूल कारण र जोखिमहरूबारे जनतालाई जानकारी दिएर सामुदायिकस्तरमै जोखिम घटाउने उपायहरू र रोकथामबारे शिक्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रम निकै प्रभावकारी रहेको बताइन् । 

सो अवसरमा समुदायमा सतर्कता र संरक्षण संयन्त्रहरू विकास गर्ने, लागूपदार्थ दुव्र्यसनजस्ता जोखिमहरूबारे सचेत पार्ने र मानव बेचबिखनसम्बन्धी सार्वजनिक चेतना अभिवृद्धि गर्ने बारेमा बिशेष छलफल गरिएको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले बताए ।  

कार्यक्रममा वडाध्यक्ष मिकबहादुर गुरुङ, महिला तथा बालबालिका इकाई, सहायक प्रहरी निरीक्षक, वडा सदस्यहरू, सामुदायिक अगुवा, तथा समान सोच भएका संघसंस्थाका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए । 

कार्यक्रमको प्रमुख उद्देश्य मानव बेचबिखनका कारण, जोखिम र परिणामबारे समुदायमा जानकारी पुर्याउनु, सामुदायिक सतर्कता र संरक्षण प्रणालीलाई सशक्त बनाउनु तथा लागूपदार्थ दुरुपयोगजस्ता बेचबिखनका कारणहरूप्रति जनचेतना फैलाउनु थियो ।

यस प्रकारको साझा अभियानले सामाजिक रूपान्तरण र दीगो सुरक्षा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

कार्यक्रमको उद्देश्य तथा मानब बेचबिखनबिरुद्धको अभियानका बारेमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले जानकारी गराएका थिए भने ब्यबस्थापन सहजीकरण फिल्ड सुपरभाइजर प्रमिसा थारु र सावित्रा भाटले गरेकी थिइन् ।

प्रतिक्रिया