नेपालगञ्ज : नेपालगञ्ज १२ मुक्तिपुर निवासी सीता केसीले स्वर्गीय आामाको २१ औ पुण्य तिथिका अवसरमा नेपालगञ्ज १० स्थित मानव सेवा आश्रममा आश्रितहरुका लागि एक छाक भोजन खुवाएकी छन् । आमा रुमकला खत्रीको २१औं पुण्य तिथिका अवसरमा शनिवार साँझका लागि खानाको व्यवस्था गरिदिएकी हुन् ।
भोजन गराउनका लागि आश्रममा पुगेकी सीताले भोजन खवाउँदा आत्मसन्तुष्टि मिलेको बताइन् ।
आश्रममा हाल ४८ जना पुरुष, महिला तथा बालबालिका आश्रित छन् । भाडामा रहेको आश्रमको भोली डुडुवामा नयाँ भवनको शिलान्यास पनि हुँदैछ ।
2025-03-09
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार