यदुराज मिश्र/नेपालगञ्ज : आज बिहानैदेखि शुरु भएको बाक्लो हुस्सु र शीतलहरका कारण बाँकेसहित तराईको जनजीवन प्रभावित भएको छ ।
अत्यधिक चिसो, कुहिरो र शीतलहरका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ भने यातायात र दैनिक गतिविधिमा समेत असर परेको हो ।
शुक्रवार बिहानैबाट आकाश ढाकिने गरी लागेको बाक्लो हुस्सुका कारण मानिसहरू घरबाट बाहिर निस्कन सकेका छैनन् । चिसो बढेसँगै वृद्ध वृद्धा, बालबालिका तथा बिरामीहरू बढी प्रभावित भएका छन् ।
बाक्लो कुहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ भने नेपालगञ्जबाट हुने हवाई उडानसमेत अवरुद्ध भएको छ ।
शीतलहर र बाक्लो हुस्सुले विशेषगरी दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका निम्न आय वर्गका नागरिकको जनीवन थप कठिन बनेको छ । चिसोका कारण काममा निस्कन नसक्दा उनीहरूको आम्दानी प्रत्यक्षरूपमा प्रभावित भएको छ ।
यता चिसोबाट जोगिन सर्वसाधारणलाई न्यानो लुगा लगाउन, आगो तथा ताप साधन सुरक्षितरूपमा प्रयोग गर्न र अनावश्यकरूपमा घरबाहिर ननिस्कन डुडुवा गाउँपालिकाका स्वास्थ्यकर्मी हेमन्त शर्माले सुझाव दिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार