नेपालगञ्ज : शीतलहर चलेर चिसो बढ्दै गएपछि बाँकेका स्थानीय सरकारले दाउरा वितरण गर्न थालेका छन् । सर्वसाधारणलाई आगो ताप्नका लागि सहजता होस् भन्ने उद्देश्यले दायरा वितरण थालिएको हो ।
डिभिजन वन कार्यालय बाँकेले हालसम्म १५ हजार क्यूफिट दाउरा स्थानीय तहलाई उपलब्ध गराइसकेको जनाएको छ । तोकिएको राजश्वको २५ प्रतिशत शुल्क बुझाएर स्थानीय तहले डिभिजन वन कार्यालयबाट १५ हजार क्यूफिट दाउरा लिइसकेको वन कार्यालयका सूचना अधिकारी टङ्क गुरुङले जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिकाका केही वडा, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिकाबाट दाउराको माग भए बमोजिम दाउरा उपलब्ध गराएको गुरुङले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका विपद् फोकल पर्सन दीपेन्द्र श्रेष्ठले नेपालगञ्जका केही वडाले आगो ताप्नका लागि आफैँ दाउरा खरिद गरेको र पालिकास्तरबाट पनि दाउरा खरिदका लागि पत्राचार गरिएको जानकारी दिए । यस वर्षको चिसोमा शीतलहरबाट बाँकेमा ३५ हजार ५७२ परिवार प्रभावित हुने पूर्वानुमान गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार