कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी संघको आयोजनामा सोमवारदेखिसुनचाँदी गहना निर्माण सम्वन्धि आधारभुत तालिम सञ्चालन गरिएको छ । कोहलपुर नगरपालिका नगर कार्यपालिकाको आर्थिक सहयोगमा एक महिना सम्म चल्ने आधारभुत तालिमबाट सु्नचाँदी निर्माण गर्ने कालिगडहरुलाई थप निपुनता मिल्ने विश्वास आयोजक मध्य तथा सुदुर पश्चिम सुनचाँदी गहना व्यवसायी संघले लिएको छ ।
मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी संघका अध्यक्ष मान वहादुर सुनारको आयोजनामा शुभारम्भ गरिएको तालिम उदघाटन शत्रमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ लुम्बिनी प्रदेश अध्यक्ष देविलाल सुनारले कार्यक्रम तथा तालिमका बारेमा प्रकाश पारेका थिए ।
सो अवसरमा नेपाल सुनचाँदी रत्न तथा आभुषणा लुम्बिनी प्रदेश कोषाध्यक्ष हर्क बहादुर सुनार, दलित सेवा संघ बाकेका अध्यक्ष बुद्ध सुनार,दलित सेवा सघ केन्द्रिय महासचिव कृष्ण बिक, संर्घष दलित महिला बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक तुल्सी सुनार, नेपाल सुनचाँदी रत्न तथा आभुषणा लुम्बिनी प्रदेश उपाध्यक्ष गोविन्द विश्वकर्मा,लगाएतले तालिम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी एवं नगरप्रमुख पुर्ण प्रसाद आचार्यले तालिम उदघाटन गर्दै सवै श्रमिकहरुलाई दक्षतामा निपुनता वनाउने नगरपालिकाको कार्यक्रम र निती अनुरुप तालिम प्रदान गर्न वजेट विनियोजन गरिएको उल्लेग गर्दैै सिप सिकाईका निम्ति नगरपालिकाले नगर भित्रका नागरिकहरुका लागि बिभिन्न सिपमुलक तालिम समेत प्रदान गरिरहेको जानकारी दिए । उनले यस्ता तालिमहरुको लाभ लिन र लिएका तालिमबाट आर्थोपार्जनमा समेत जोड दिएर ब्यबसायीकतातर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार