Listen LIVE

घरभित्रै मृत भेटिए आमा–छोरी

धनगढी : कैलालीमा आमा–छोरी मृत फेला परेका छन् । जिल्लास्थित गोदावरी नगरपालिका–११ गोठानमा बिहिवार राति आमा–छोरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृत भेटिनेमा २४ वर्षीया आमा मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेका छन् । उनीहरु घरभित्रै मृत भेटिएको कैलाली प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सबैभन्दा पहिला मृतक मिराका देवर नरेशले भाउजुलाई झुन्डिएको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेका थिए ।

घरमा सासु पनि नभएको अवस्थामा मिरा र छोरी मृत  अवस्थामा फेला परेको बताइएको छ । मिराका श्रीमान भने रोजगारीका लागि भारतमा रहेको प्रहरीले जनाएको छ ।

कैलाली प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाउँदै मृत शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको जनाएको छ ।

प्रतिक्रिया