नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरका जनप्रतिनिधि सम्वेदनशील नबन्दा नेपालगञ्जको विभिन्न सडक अतिक्रमणको चपेटामा परेका छन् ।
नेपालगञ्जको सौन्दर्यकरण गरि बाह्य पर्यटक भित्र्याउने प्रतिवद्धता जनाएका मेयर र उपमेयर औपचारिक र अनौपचारिक कार्यक्रममा सिमित हुँदा नेपालगञ्जको विकासमा समय दिन नसकेको जनताले गुनासो गरेका छन् ।
जनप्रतिनिधिको बेवास्ताका कारण विशेषगरि सदरलाइन, त्रिभुवन चोक, धम्बोझी, घरवारी टोललगायतका क्षेत्र कुरुप बनेका छन् । यहाँका सडक पेटी अतिक्रमण हुँदा सर्वसाधारणलाई आउजाउ गर्न समस्या भएको छ नै सवारी दुर्घटना निम्तिने जोखिम बढेको छ ।
ब्यापारीले सडक पेटी अतिक्रमण गर्दासमेत मेयर र उपमेयरसँगै नगरलाई ब्यवस्थित बनाउन खटिएका नगर प्रहरीहरु देखेर पनि नदेखेझैँ गर्दै आएका छन् । एसी गाडीमा बसेर नगरका विभिन्न भागमा सयर गर्ने नगर प्रहरी वीच सडकमा सवारी साधन पार्किङ हुँदासमेत मुकदर्शक बनेर हिँड्दै आएका छन् ।
ट्राफिक प्रहरीले सडक छेउमा राखिएको निर्माण सामग्री र ब्यापारीले राखेको सामान हटाए पनि उपमहानगरले बेवास्ता गर्दा सडक पेटी पुनः अतिक्रमणमा परेका छन् । वीच सडकमा सवारी साधन पार्किङ हुँदासमेत नहटाउँदा नेपालगञ्ज उपमहानगरका जनप्रतिनिधिको कामप्रति शंका लागेको स्थानीयले बताएका छन् ।
नेपालगञ्ज उपमहानगरले सात दिनसम्म मात्र सडक छेउमा निर्माण सामग्री राख्न दिने निर्णय पनि कागजमा मात्र सिमित भएको छ । घरधनीले महिनौसम्म निर्माण सामग्री राख्दासमेत उपमहानगरका जनप्रतिनिधि र नगर प्रहरीले हटाउने दवावसमेत सकेको छैन । यसरी निर्माण सामग्री राख्दा सडक दुर्घटना निम्तिने खतरा बढाएको छ ।
निर्वाचनका बेला एक महिनाभित्र नगरको मुहार फेर्ने प्रतिबद्धता जाहेर गरेका मेयर र उपमेयरको प्रतिबद्धता केवल नारामा मात्र सिमित भएको छ । चुनाबका बेला नगरको समग्र बिकास गर्ने नारा लगाएका मेयर र उपमेयर सडकपेटीको अतिक्रमणसमेत हटाउन नसक्दा आलोचना भइरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार