बर्दिया : बर्दिया प्रहरीको फरार प्रतिवादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत जेल सजाय पाएर फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१ छेदापुरका ३६ बर्षीय संजयकुमार लोध रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले २०८१ मंसिर १६ गते फैसलामा संजयकुमारलाई दोषी ठहर गर्दै बालयौन दुरुपयोग मुद्दामा ६ महिना जेल सजाय र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
उच्च अदालतको फैसला भएयता फरार भएका संजयकुमारलाई आफ्नै घरमा आएको मौकामा जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका संजयकुमारलाई आवश्यक कारवाहीको लागि बर्दिया जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार पठाइएको बर्दिया प्रहरीले जनाएको छ।
2025-04-12
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार