नेपालगञ्ज : मिडियाको दबाव बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस पुर्याएको छ । बजार क्षेत्रमा छाडा छोडिएका ७९ वटा पशुचौपायालाई शनिवार विहान वडा नम्बर २१ विर्तास्थित काञ्जीहाउस लगिएको छ । ती मध्ये ४८ वटा गाई–गोरु र बाच्छा–बाच्छी तथा ३१ वटा घोडा–खच्चड काञ्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले जानकारी दिए ।
बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटनाको जोखिम बढेपछि छाडा पशुचौपायालाई काञ्जीहाउस लगिएको बोगटीले बताए । नगरका विभिन्न भागमा छरिएर रहेका छाडा पशुचौपायालाई एकितृत गरेर एकसाथ काञ्जीहाउस पुर्याइएको थियो ।
बोगटीका अनुसार ट्राफिक चोकदेखि राँझा चोक तथा बजार क्षेत्रभित्र सडकमा रहेका छाडा पशुचौपायालाई एकिकृत गरी काञ्जीहाउस लगिएको हो । नगर प्रहरीको टोलीले छाडा पशुचौपायालाई काञ्जीहाउस पुर्याएको हो । नगर प्रहरीले सडकमा छाडा पशुचौपायाको संख्या बढ्दा काञ्जीहाउस लैजाने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार