जाजरकोट : भूकम्प गएको झन्डै डेढ वर्षपछि भौतिक क्षतिको विस्तृत मूल्याङ्कन थालिएको छ । २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।
जाजरकोटमा पहिलो चरणमा भेरी नगरपालिका वडा नं १,३,४,८ र ११ का साथै नलगाड नगरपालिकाको वडा नं १,३ र ४ वाट कामको शुरुवात गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी समीर गौतमले प्राधिकरण, स्थानीय संघ संस्था र पालिकाबाट समेत गरेर आवश्यक इन्जिनियरलाई क्षतिको मूल्याङ्कनका लागि वडा वडामा पठाइएको बताए । सोका लागि इन्जिनियरलाई दुई दिनको अभिमुखिकरण समेत दिएर कार्यक्षेत्रमा परिचालन गरिएको गौतमले जानकारी दिए । अहिलेसम्म जाजरकोटमा ३४ हजार, रुकुम पश्चिममा ३२ हजार र सल्यानमा १ हजार ३ सय अस्थायी आवास बनेका छन् । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १ सय ५४ जनाले ज्यान गुमाएका थिए ।
नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले ढिलै भएपनि क्षतिको विस्तृत मूल्याङ्कन गर्ने कार्य सुरु हुनु भूकम्प पीडितको लागि सुखद सकमचार रहेको बताए । यस कार्यका लागि पालिकाबाट गर्नुपर्ने कार्यसम्पादनमा पालिकाले पूर्णरुपमा प्रतिवद्ध भएर काम गर्ने नगर प्रमुख रावतले बताए ।
भेरी नगरपालिका १ का वडा अध्यष दीपक रानाले क्षतिको विस्तृत मूल्याङ्कन (डीडीए) गर्ने कार्य सुरु हुनु हामी वडावासी र भूकम्प पीडितहरुको लागि पुनर्निर्माणको थालनी भएको बताए । यो कार्य निकै सराहनीय भएको वडाअध्यक्ष रानाको भनाइ छ ।
सरकारले ढिलै भएपनि पुर्ननिर्माण कार्यका लागि प्राविधिकहरु घरघरमा पठाउनु आफूहरुका लागि स्थायी वासमा बस्न पाउने आसा पलाएको भेरी नगरपालिका १ का भूकम्प पीडित पुर्ण वहादुर रावतको आशा छ ।
जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटमा ४० हजार ४१ घर धुरी लाभग्राही कायम गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार