नेपालगञ्ज : उर्दू साहित्यको विकासका लागि गत पाँच दशकदेखि बाँके जिल्लामा सक्रिय ‘गुलजार–ए–अदब’ को नेतृत्वमा मुस्तफा अहसन कुरैशी ‘अहसन’ आएका छन् ।
पाँच दशकदेखि सो संस्थाको नेतृत्व गर्दै आएका उर्दूका वरिष्ठ सायर अब्दुल लतिफ शौकले अध्यक्ष पदबाट राजीनामा दिएपछि कुरैशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिमा नुरुल हसन राई ‘नुरी’ उपाध्यक्ष र मोहम्मद आरिफ अन्सारी ‘अमन’ महासचिवमा चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष कुरैशीले साहित्यका विविध धारलाई समेट्दै ‘गुलजार–ए–अदब’ को भविष्य अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । पचास वर्षदेखि नेपाली साहित्यिक परिवेशमा उर्दू गजल, कविता तथा बहुभाषिक साहित्यको संवाहक संस्था रहेको उनले बताए ।
2025-07-16
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार