बर्दिया : नेपाल सरकारले सुरु गरेको सुरक्षित आवास कार्यक्रम बर्दियामा प्रभावकारी बन्न थालेको छ । यस कार्यक्रम अन्तर्गत गरिब र विपन्न परिवारका घरमा खरको छाना विस्थापित गरी टिनको छाना लगाउने काम शुरु भएको छ । स्थानीयहरू यो कदमप्रति खुशी देखिएका छन् ।
गत आर्थिक वर्षमा नेपाल सरकारले बर्दियाको गुलरिया नगरपालिकामा ६५५ घरधुरीलाई टिनको छाना उपलब्ध गराउने लक्ष्य तय गरेको थियो । बजेटको सीमितताका कारण गत वर्ष केवल ७७ परिवारले टिनको छाना पाएका थिए ।
नगरपालिकाका १२ वटा वडामा सरकारले खरको छाना हटाएर टिन लगाउने नीति अनुसार काम भइरहेको नगरपालिकाले जनाएको छ । गुलरिया नगरपालिकालाई सघन सहरी विकास आयोजना (बाँके) बाट प्राप्त २८ लाख रुपैयाँको बजेटबाट पहिलो चरणमा ७७ जनालाई प्रतिपरिवार ३५ हजार रुपैयाँ उपलब्ध गराइएको थियो । बाँकी रकम यस आर्थिक वर्षमा वितरण गरिने छ । वडा नं. १, भगरैया बस्ने जानकी चौधरीले भनिन, “नगरपालिकाबाट ३५ हजार रुपैयाँ पाएपछि टिनको छाना लगाएर घरमा पुरानो खरको छानाबाट आउने पानीको समस्या टरेको छ ।”
कल्पना चौधरीले पनि टिन लगाएपछि घरको अवस्था सहज भएको बताइन् । सबैले निलो रङको टिनको छाना पाएका छन् । भगरैया निवासी चन्द्र विकले सरकारको पहलले न्याय भएको बताउँदै दोस्रो किस्ता पनि उपलब्ध गराइदिन आग्रह गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार