नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले हरितालिका तीज पर्वको अवसरमा भोली प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्रदेश राजपत्रमा गत २०८१ साल चैत्र २१ मा प्रकाशित प्रावधान अनुसार हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
मन्त्रालयका उपसचिव तथा प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार हरितालिका तीजको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राखी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
2025-08-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार