Listen LIVE

लागुऔषधसहित बर्दियामा दुई जना पक्राउ

बर्दिया : प्रहरीले ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित दुईजनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

भारतीय सीमावर्ती बजार बलैगाउँबाट उक्त पदार्थ ल्याएको अवस्थामा प्रहरीले शंका लागि जाँच उनीहरूको साथबाट २ सय मिलिग्राम उक्त पदार्थ फेला पारेको थियो । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका–९ का २३ वर्षीय टेकबहादुर पुन र २३ वर्षकै अमित सुनार छन् ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक भुपेन्द्र शाहीले शुक्रबार पक्राउ परेका दुवैमाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया