Listen LIVE

बर्षा र डुवान पुर्वानमानमा आधारित तयारी परियोजना अनुगमन

नेपालगञ्ज : बाँके युनेस्को क्लबद्धारा बर्दिया र बाँके जिल्लामा संचालन गरिएको तराईका जिल्लामा भारी बर्षा र डुवान पुर्वानमानमा आधारित तयारी परियोजनाको दुबै जिल्लामा अनुगमन गरिएको छ । 

युके एड र स्टार्ट फण्ड नेपालको सहयोग तथा प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालन गरिएको सो परियोजनाको स्टार्ट फण्ड नेपालका कार्यक्रम ब्यबस्थापक प्रमिला सुबेदी, अगुमन तथा मुल्यांकन बिज्ञ राजु आचार्य र प्लान ईन्टरनेशनल नेपालका निमित्त बिपद् सल्लाहकार फुर्वा मोक्तान एवं कार्यक्रम ब्यबस्थापक अम्बिकाप्रसाद तिमिल्सेनाले अनुगमन गरेका हुन् । 

अनुगमन टोलीले सबैभन्दा पहिले जिल्ला आपत्कालीन सञ्चालन केन्द्र बाँकेसँग छलफल गरेको थियो । उक्त छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ्ग, बिपद् फोकल पर्सन रुपन ज्ञवाली र नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको उपस्थिती रहेको थियो । 

सो अवसरमा परियोजना संचालनले बाढी तथा डुवानको उच्च जोखिममा रहेका समुदायको पुर्व तयारीमा के कस्तो प्रभाव परेको छ र परियोजनाले कति प्रभावकारी कार्य गरिरहेको छ भनेर जिज्ञासा राखिएको थियो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले बाढी र डुवानको उच्च जोखिममा रहेका समुदायलाई जोखिमको सामना गर्न सक्ने क्षमता बिकासका लागि परियोजनाले प्रशसनीय रुपमा कार्य गरिरहेको र अझै यस कार्यलाई प्रभावकारी बनाउन स्थानीय सरकार र अन्य सरोकारवालहरुसँग समन्वय गरी जानुपर्ने कुरामा जोड दिए । 

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रसँगको छलफलपछि अनुगमन टोलीले राप्ती सोनारी गाउँपालिका वडा नं  ७ मा अवस्थित आपतकालिन संरक्षण केन्द्रको अबलोकन गर्नुका साथै सोही स्थानमा यस परियोजना अन्तरगत ंसञ्चालित कामकालागि नगद कार्य अन्तर्गत नाला तथा बाटो मर्मत कार्यको अबलोकन गर्यो । 

साथै कामकालागि नगद कार्यक्रमका सहभागीहरुसँग अन्तरक्रिया गर्नुका साथै ती सहभगीहरुमध्ये केहीसँग फोकस समुह छलफल पनि गरेको थियो । 

अनुगमनको दोश्रो दिन सो टोलीली स्थानीय बिपद् कार्य सञ्चालन केन्द्र गुलरीयासँग छलफल गरयो । सो छलफलमा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव, उप प्रमुख साबित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, बिपद् फोकल पर्सन मुकुन्द अर्याल, महिला बालबलिका शाखा प्रमुख शिला शाहलयातको उपस्थिती रहेको थियो । 

सो अवसरमा टोलीले बाढी र डुवानाको उच्च जोखिममा रहेका बस्तिहरुमा बाढी र डुवानबाट क्षती कम गर्नको लागि परियोजनाले कस्तो भुमिका खेलेको छ भन्ने जिज्ञासा राखेको थियो । 

सो परियोजनाबाट बाढी र डुवानको उच्च जोखिममा रहेका बस्ती नजिकैका संरक्षण केन्द्रहरुको मर्मत तथा सम्भार गरी तयारी अबस्थामा राख्ने, समुदायमा सचेतना अभिबृद्धी गर्ने, त्यस्ता जोखिमभएका बस्तीहरुमा नाला तथा बाटो मर्मत कार्यहरु संपन्न गर्ने, घरदैलो अभियान गरी अग्रिम सचेतना अभिबृद्धी गर्ने र सामुदायिक स्थलहरुमा पानीको ब्यबस्था समेत गर्ने कार्यहरु गरिँदैछ । 

परियोजनाले बाढी बाट हुन सक्ने जोखिम न्युनिकरणका लागि उल्लेख्य भुमिका निवार्ह गरेको र परियोजनाले संचालन गरेका गतिबिधीहरु प्रशंसनीय रहेको कुरा गुलरीया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताए । सो अवसरमा गुलरिया नगरपालिकाका बिपद् सम्पर्क ब्यक्ति मुकुन्द अर्यालले पनि बोलेका थिए । 

त्यसै गरी अनुगमन टोलीले गुलरिया नगरपालिका वडा ५ बालपुरमा रहेको संरक्षण गृहमा यस परियोजनामार्फत गरिएको मर्मत तथा संभार सम्बन्धी कामको अबलोकन गरेको थियो । अनुगमन टोलीले गुलरिया नगरपालिका वडा नं १२ टडुवामा रहेको संरक्षण केन्द्र समेत अबलोकन गरेको थियो । अन्त्यमा अनुगमन टोलीले बाँके युनेस्को क्लबको टिम, प्लान ईन्टरनेशनल नेपालको टीमसँग अनुगमनका क्रममा फेला परेका असल कार्यहरु र सुधार गर्नुपर्ने कार्यकहरुको बिषयमा छलफल गरेको थियो । 

अनुगमन टोलीमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्धिकी, अध्यक्ष रवीकुमार तुलाधर, बरिष्ठ उपाध्यक्ष् ापंचम गुरुङ्ग, निमित्त कार्यकारी निर्देशक महेश नेपाली, बित्त तथा प्रशासन प्रमुख बेदप्रकाश पंगाली, प्राबिधिक सल्लाहकार साजिद अलि सिद्धिकी, कार्यक्रम संयोजकहरु गोबिन्द प्रसाद लामिछाने र बिनिता आर.सी.लगायतको पनि सहभागिता रेहको थियो ।

प्रतिक्रिया