नेपालगञ्ज : बर्दियामा एक जना महिलाको हत्या भएको छ । जिल्ला प्रहरी बर्दियाका अनुसार बारबर्दिया नगरपालिका–५ तर्कापुरमा ३९ वर्षीया मीना थारुको हत्या भएको हो ।
गएराति सवा १२ बजे मीनाको बारबर्दिया नगरपालिका–११ बस्ने ४० वर्षीय शिवप्रसाद थारु (पप्पु) ले हत्या गरेको प्रहरीले जनाएको छ । शिवले मीनाको घरमै गएर मीनाको टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए ।
बर्दिया प्रहरीका अनुसार गम्भीर घाइते भएकी मीनालाई उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।
हत्या गरेर फरार भएका शिवलाई बर्दिया प्रहरीले बारबर्दिया नगरपालिका–५ सिटीबरेली क्षेत्रबाट पक्राउ गरेर आबश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
2024-09-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार