Listen LIVE

चितुवाको आक्रमणबाट बर्दियामा एक बालक घाइते

बर्दिया : बर्दियामा चितुवाको आक्रमणबाट १० वर्षीय बालक घाइते भएका छन् । गुलरिया नगरपालिका ५ बालापुरका सिर्जन थारू चितुवाको आक्रमणबाट घाइते भएका हुन् । 

हजुरबुवासँग केराबारीमा सिँचाइ गर्न गएको बेलामा थारूलाई चितुवाले आक्रमण गरेको थियो । हजुरबुवाले केरामा सिँचाइ गरिरहेको र बालक खाटमा बसिरहेको समयमा चितुवाले टिपेर दौडाएको थियो । दिउँसो कै समयमा भएकोले सबै जनाले होहल्ला गर्दा चितुवाले छोडेर भागेको स्थानीयले बताएका छन् । 

घाइते बालकको बर्दिया अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ । बालकको घाँटीको दुवैतिर र टाउकोमा समेत चोट लागेको हुनाले माथिल्लो अस्पतालमा पठाइएको बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेले बताए ।

प्रतिक्रिया