नेपालगञ्ज : बाँके प्रहरीले ठूलो परिमाणमा ब्राउनसुगरसहित एक महिलालाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजार रुपईडिहाबाट नेपालगञ्ज आउँदै गरेकी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ की ३४ वर्षीया पुष्पा लोनियालाई प्रहरीले १९ ग्राम २ मिलिग्राम ब्राउनसुगरिहित पक्राउ गरेको हो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार, पुष्पालाई शंका लागेर जाँच गर्दा उनले बोकेको झोलामा ब्राउनसुगर फेला परेको हो ।
लागुऔषधका कारोबारीले महिलालाई भरिया बनाएको पाइन्छ । पुष्पाको हकमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
2025-04-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार