नेपालगञ्ज : बडा दसैँको राती टाउको काटिएको अवस्थामा फेला परेका कोहलपुरका चन्द्रवहादुर कामीको हत्या आरोपित पक्राउ परेका छन् । रोल्पा जिल्लाको साबिक घर्तिगाउँ गा.बि.स. वडा नं. ९, हाल माडी गाउँपालिका वडा नं. ६ बस्ने २४ वर्षीय अनिल परियारलाई हत्या अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई राप्तीसोनारी गाउँपालिका–१ तिनघारी टोलस्थित भौवा नाका जाने बाटोको दायाँतर्फ रहेको तिर्थमाली परियारको घर किनारमा रहेको शौचालयबाट आज बिहान ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा खटिएको प्रहरी टोली र इप्रका कुसुम बाँकेबाट प्रहरी नायब निरीक्षक मोहनलाल वलीको कमाण्डमा खटिएको प्रहरी टोलीले निज परियारलाई पक्राउ गरी अनुसन्धानको लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कामीको टाउको घटनास्थलबाट करीब ५०० मिटर पूर्व उत्तरमा सुनिता परियारको घरको सेफ्टी ट्याङकीमा गएराती मात्रै फेला परेको थियो । हत्या आरोपित अनिल सुनिताको दाई नाता पर्ने खुलेको छ । अनिल पाहुना पर्न सुनितामा आएका थिए । हत्याको कारण खुल्न सकेको छैन ।
कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करीब दुई किलोमिटर पूर्व शितलनगरमा हत्या गरिएको अवस्थामा शनिबार राती कामीको टाउको नभएको शव फेला परेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार