नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकाबाट ब्राउन सुगरसहित प्रहरीले कर्णाली प्रदेशका दुई युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहा र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले रुपइडिहादेखि नेपालगञ्जतर्फ आउँदै गरेका सुर्खेत लेखवेशी नगरपालिका–१ राटामाटाका ३० वर्षीय भक्तराज थापा र दैलेखको भगवती गाउँपालिका–३ का २८ वर्षीय हिमाल खड्कालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–१५ स्थित जमुनाहा नाकामा चेकजाँचका क्रममा उनीहरुको साथबाट ११ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
पक्राउ परेका दुबै जनाविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।
2025-02-01
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार