Listen LIVE

पोखरीमा डुबेर बालिकाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ कालापानी गाउँ बस्ने गणेश मालीको २ वर्ष ५ महिनाकी छोरी रिया मालीको डुबेर मृत्यु भएको हो । ालिका आफ्नो घर नजिकै सिँचाइको लागि बनाएको पोखरीमा डुबेर घाइते भएकी थिइन् । 

उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा मृत्यु घोषणा भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

प्रतिक्रिया