कैलाली : कैलालीको मोहना नदीमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलबारी गाउँस्थित मोहना नदीमा नुहाउने क्रममा दुई किशोरको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय १६ वर्षीय दिनेश ओझा र १५ वर्षीय आशिष ओझा रहेका छन् ।
कैलालीका डिएसपी कविन्द्र बोहराका अनुसार शुक्रबार दिउँसो ३ बजेतिर नुहाउन भनेर आशिष र दिनेश चार जना साथीहरूसँगै गएका थिए । १६ वर्षीय करणसिंह धामी, १५ वर्षीय आदर्श पुजाराले उनीहरू डुबेको खबर गरेपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी गरेका थिए ।
खोजी गर्ने क्रममा बेलुका नदीबाट दुबैलाई मृत अवस्थामा निकालिएको डिएसपी बोहराले जानकारी दिए । मृतकको शव पोस्टमर्टम पछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
2025-03-15
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार