बाजुरा : बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ६ सटेडाबाट १० थान भरुवा बन्दुक र ३३ थान बन्दुकको नाल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौमुल गाउँपालिका वडा नम्बर ६ बस्ने ६३ वर्षीय गोरे लुहार, बडिमालिका नगरपालिका १ सल्लेनाका ३९ वर्षीय गोरख कार्की र ३७ वर्षीय बुद्ध कार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
गोरे लुहारको घरमा अवैध भरुवा बन्दुकको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरी टोलिले घर तलासी गर्दा लुकाई छिपाई राखेका उक्त बन्दुक र बन्दुकका नाल सहित तिनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरिले बताए ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
2024-11-06
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार