कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकामा दुई सहकारी संस्थामा तोडफोड गरी लाखौं रकम चोरी गरेको छ । गएराती करिब १२ बजे कोहलपुर सहकारी संस्थामा तोडफोड गरी लाखौं रकम चोरी गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कोहलपुर नगरपालिका–२ मा रहेका दुई सहकारीकै एउटै उपाया अपनाएर चोरी गरेको छ ।
बसन्त बचत तथा ऋण सहकारी संस्था र रझेना साना सहकारी संस्थाको सहकारी संस्थाको दक्षिण तर्फको ग्रिल भएको झ्यालमा ग्रिल निकाली भित्र पसेको इप्रका कोहलपुरका प्रमुख (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार बसन्त बचत तथा ऋण सहकारी संस्थाको कम्प्यूटरको हाडडिक्स चोरी भएको छ भने रझेना साना सहकारी संस्थाको करिब ३ लाख बढि चोरी भएको भण्डारीले जानकारी दिए ।
यस्तै रझेना साना सहकारी संस्थाकी अध्यक्ष चन्द्रकला लामिछानेले ३ लाख ६५ हजार ९ सय ३५ रुपैयाँ रकम चोरी भएको बताइन् ।
सहकारीको झ्यालमा ग्रिल निकाली भित्र पसेको लामिछाने बताउँदै सेफ (भल्ट) मा राखेको पैसा समेत फुटाली पैसा चोरी गरेको अध्यक्ष लामिछानेले बताइन् । दुवै सहकारी ५० मिटर वरपर छन् । यि दुवै सहकारीबाट गत वर्षको कार्तिक २० गते नै चोरी भएको प्रहरीको रेकर्डमा रहेको इलाका कोहलपुरले जानकारी दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार